दफा १३
सार्वजनिक लिखत इत्यादिमा उल्लेख भएका कुराहरू
(१) राष्ट्रसेवकले आफ्नो ओहदाको कर्तव्यपालनको सिलसिलामा र कुनै व्यक्तिले कानूनद्वारा तोकिएको आफ्नो कर्तव्य पालनको सिलसिलामा कुनै सार्वजनिक लिखतमा उल्लेख गरेका कुराहरू प्रमाणमा लिन हुन्छ ।
(२) नेपाल सरकारबाट वा नेपाल सरकारद्वारा अधिकार प्राप्त व्यक्तिबाट वा सार्वजनिक संस्थाबाट प्रकाशित भई सार्वजनिक रूपमा बिक्रीमा रहेका नक्सा, मानचित्र वा तथ्यांक सम्वन्धी लिखतमा जनिएका कुराहरू प्रमाणमा लिन हुन्छ ।